Connect with us
Kapilvast Forest

आज विश्व अहिंसा दिवस र विश्व मुस्कान दिवस

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं- आज अक्टोबर महिनाको २ तारिख, आज विश्वभर अहिंसा दिवस मनाइने दिन हो ।संयुक्त राष्ट्र संघको आह्वानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवश मनाउने गरिन्छ।

अहिंसा दिवसका अवसरमा शान्ति, मानवअधिकार र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाए पनि अहिले कोरोना जोखिम, बन्दाबन्दी, मानव चलायमानताको कमी लगायत कुराहरुले अनि विश्वका शक्तिराष्ट्रहरुको शितयूद्धका कारणले मानव सभ्यता र बिकासक्रम अहिलेसम्मकै सर्वाधिक संवेदनशील स्थानमा आइपुगेको छ । अहिले विश्वलाई सबैभन्दा धेरै खाँचो यदि केहि कुराको छ भनें, त्यो हो सद्भाव र अहिंसा ।

विश्व अनि मानव इतिहास हिंसा र द्वन्दको कैयन घटनाक्रमहरूको सामना गर्दै आएको छ । हरेक कुरामा जीत मानवको प्रथम प्राकृतिक चाहना हो अनि कतिपय जीतका चाहनाले युद्धको अवस्था उत्पन्न गराउँदछ । व्यक्तिगत, सामूदायीक, राष्ट्रिय, अन्तराष्ट्रिय धेरै प्रकारका युद्ध अनि हिंसाहरुबिच विश्वले शान्ति अनि अहिंसाको दिवास्वप्न देखिरहेको छ ।

आज विश्वले मनाउने अहिंसा दिवस ‘विश्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणकालागि हिंसाको मार्ग अवलम्बन नगर्ने’ भन्ने सिद्धान्तमा आधारित छ ।

आज विश्वले मनाउने अहिंसा दिवस ‘विश्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणकालागि हिंसाको मार्ग अवलम्बन नगर्ने’ भन्ने सिद्धान्तमा आधारित छ ।

नेपालमा पनि आजसम्म बिभिन्न कालखण्डमा आन्दोलन र जनचाँसोका कुरामा धेरै जना शहिद भएका र हिंसा भएको उदाहरण र प्रमाणहरु छन् । राणा विरोधी आन्दोलन होस् या राजसंस्था हटाउने क्रान्ति, पेट्रोलको मूल्यवृद्धिको आन्दोलन होस् या आमरण अनसनका श्रृंखलाहरु कुनै न कुनै रुपमा परिवर्तनका बाधक तत्वहरु र यथास्थितीवादी सोंचले परिवर्तनको बिरोधमा हिंसा छेडिरहेका हुन्छन् ।

अक्टोबर २ अर्थात विश्व अहिंसा दिवस, विश्वमै अहिंसाकालागि विश्वसमाजले मानेका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । उनका ‘नुन आन्दोलन’ अनि ‘चर्खा आन्दोलन’हरु परिवर्तनमा प्रभावकारी अहिंसात्मक आन्दोलनका बलिया उदाहरणहरु हुन् ।

संयुक्त राष्ट्रसंघको हेडक्वाटर अमेरिकाको न्यूयोर्क अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृती जस्मा बन्दुकको नाललाई बङ्ग्याएर बेरिएको देखिन्छ अनि गोलीचाँही बन्दुक मुनी कसैले छाँद हालेर समातेको र रोकेको जस्तो देखिन्छ, विश्वप्रसिद्ध अहिंसाको घोतक कलाको रुपमा यो प्रतिमूर्ति प्रसिद्ध छ ।

एउटी आमाले छोराछोरी राती नसुत्दा भूत आएर तँलाई खान्छ तसर्थ छिट्टै सुत भनेर सुताउँदछिन र बालक सुत्दछ तर आमाले भनेकी उक्त तथाकथित भूत अनि त्यस्ले आफूमाथी गर्नसक्ने हिंसाको भयलार्इ परिकल्पना गर्दै केट्केटी सुत्दछन् । एकदिन आफु ठूलो भएर उक्त भूतलाई ठिक पारिदिने महत्वाकांक्षाकासाथ निदाएको उस्को मानसपटलमा हिंसाको पहिलो पाठ शायद त्यसै समयदेखि नै नकारात्मक रुपमा बस्न जान्छ । को खाई को खाई गराएर खुवाउँदा, उ त्यो फलानालाई हैन म त मेरै बावुलाई या नानीलाई खुवाउँछु भन्दा बाल मानसपटलमा आफूकेन्द्रित र अरु विरोधी भावनाहरु वृद्धी हुन्छ, हिंसाको जड यही छ, हाम्रो पालनपोषण भित्रै छ ।

सङ्गै बाँडेर खानसक्ने अनि भयहीन र निडर पुस्ताले मात्र अहिंसाको वकालत गर्न सक्दछन । एउटा हिंसारहित समाजको परिकल्पना त्यतिबेलामात्र सम्भव छ जतिबेला हामीले हाम्रो बालबच्चाहरुलाई अहिंसाको महत्व बुझाउन सक्छौं । महात्मा गान्धीलेनै यसो भनेका छन्, “युवा पुस्तालाई पनि अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्न जरुरी छ ।” आउनुहोस् तपार्इ-हामी चाहे विकसित देशमा छौं या अविकसित ठाउँमा छौ, मकै भटमास चपाइरहेका छौं या महङ्गो रेष्टुरेन्टमा बसेर भोजन गर्दैछौं ? परिकल्पना गरौं न यदि हाम्रो वरिपरि हिंसाजनक कार्य र भावना नभइदिने हो भने हाम्रो समाज कस्तो हुन्थ्योहोला ?

कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरुमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्तिघोतक विगूल शुरुवात हुने हो भने ? संसारवाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरुका आधारमा गरिने हिंसा नभइदिने हो भने ? अमेरेकी स्वतन्त्रता सङ्ग्रामका महासेनानी मार्टिन लुथर किङ जुनियरले पनि परिकल्पना गर्दै काला, गोरा, खैरा सबैजना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिनको ब्याख्या गरेका छन् ।

नेपालले आजको दिनबाट सिक्न पर्ने कुरा हरु धेरै छ । बिरोध जनाउन र सम्बन्धित निकायमा साँच्चै दबाब दिन नेपाल बन्द गर्ने अनि तोडफोड गर्नु पनि सामाजिक न्याय र परिवर्तनकालागि हिंसाको बाटोको प्रयोग नै गरीएको हो । आजको दिनले आफ्ना आवाज र मुद्दाहरुलाई अनुहार दिनका लागि अहिंसात्मक बाटो रोज्न आव्हान गर्दछ ।

केही वर्षयता नेपालमा बिशेषतः काठमाडौमा माईतीघर मण्डलाले अहिंसात्मक आन्दोलन र आवाजहरु देखाउन प्रदर्शन र प्लेकार्डहरु देखाउने आधार पाएको छ । अहिंसात्मक आन्दोलन र अभियानहरु सुन्ने निकायले पनि संशेदनशीलता सहित सुनिदिन र सम्बोधन गरिदिन जरुरी छ, हिंसा कहिले पनि अन्तिम विकल्प हुनुहुँदैन्, हिंसा रोक्दै अहिंसा नै निर्विकल्प तथ्य हो ।

संसारको छाना सगरमाथा हाम्रै माटोमा अटल उभिरखेको छ, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहरनियासम्म, मेचीदेखि महाकालीको छालसम्म अहिंसाका सन्देशहरुको विजारोपण गर्न जरुरी छ र यहि शान्तिको अंकुरणलाई विश्वसामु पुर्याउन पनि जरुरी छ । चाहे गीता होस् या कुरान, चाहे वाइवल होस या त्रिपिटक या अन्य कुनैपनि धार्मिक ग्रन्थ हुन, हिंसाले कसैको भलो गर्देन भनेर उल्लेख गरीएको छ । अब बेला भएको छ मुस्कानको बाटो हिंड्ने, ‘अहिंसा परमो धरम’ अर्थात हिंसा नगर्नुनै सबैभन्दा ठूलो धर्म हो, मुस्कुराउन नछोडनुहोला, हिंसात्मक भावहरुलाई मनबाट हटाउनुहोला । निडर भएर हिंसाका विरुद्ध बोल्न पनि नडराउनुहोला है ।

विश्व मुस्कान दिवस

वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कान सहितको भाव अनुहारमा प्रस्तुत गरेपछि मानिसहरुको ध्यान मुस्कानको महत्व तर्फ केन्द्रित भएको थियो। त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ। सन् २००१ मा हार्वे बलको निधन भयो , त्यसबेला देखि उसको सम्झनामा बनेको “विश्व हार्वे बल मुस्कान फाउण्डेसन”ले आजको दिनमा थुप्रै ठाउमा मुस्कान दिवस विशेष कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। यस फाउण्डेसनको नारा भने “संसारलाई मुस्कानले सुधार गर्नुहोस्।” भन्ने रहेको छ।

तपाइँ हामीमा के चाही यस्तो चिज छ, जसले सजिलै अरुलाई आकर्षित गर्न सक्छ ? यो चिजले हाम्रो मनोभाव हाम्रो व्यक्तित्वलाई दर्शाउने गर्दछ। धेरै सोच्नै पर्दैन , यो चिज हाम्रो मुस्कान हो , कुनै पनि औपचारिकता र मजबुरीबाट मुक्त हाम्रो मिठो मुस्कान। मुस्कान हाम्रो मनबाट निस्किएको एउटा यस्तो भाव हो जसले हाम्रो वरिपरिको मानिसलाई पनि खुशी तुल्याउछ र सबैलाई आफुतर्फ आकर्षित गर्छ।

एउटा ढङ्गको मुस्कान सबैको लागि महत्वपूर्ण भएकाले मुस्कानको महत्वलाई आत्ममनन् गर्न वर्ष अक्टोबर महिनाको पहिलो शुक्रवार विश्वभर मुस्कान दिवस मनाइन्छ।

अहिले प्रतिष्पर्धाको समयमा धेरै मानिसहरुले जीवनमा अगाडी बढ्न यो हद सम्म मेहेनत गर्ने गर्दछन कि उनीहरुले एउटा मिठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन। तर जीवनको एउटा महत्वपूर्ण कार्य भनेकै आफु मुस्कुराउनु र अरुलाई मुस्काउन सिकाउनु र प्रोत्साहन गर्नु हो। हसमुख मानिसहरु सजिलै सबैको मनमा बस्ने गर्दछन।

कोरोना र त्रासको पनि एउटा सहज र सरल ओखती छ, त्यो हो मुस्कान अनि सकारात्मक सोच, आउनुहोस् संसारका समग्र चुनौतिहरुलाई मुस्कानको गहनाका साथ लड्ने कसम खाऔं ।सबैलाई विश्व मुस्कान दिवासको शुभकामना। सँधै मुस्कुराएर, खुसी हुनुहोस्!

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,