Connect with us
Kapilvast Forest

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषकोे बिहीबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो।

असोज ११ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेका ती पुरुष स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ मा अस्पताल भर्ना भएका थिए।

गौतमका अनुसार उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। योसँगै रुपन्देहीमा २५ जना संक्रमितको मृत्यु भएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,