Connect with us
Kapilvast Forest

भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा बनाउने भनिएको भूकम्प स्मृतिपार्क अलपत्र

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

sismirti pr

सिन्धुपाल्चोक -भूकम्पमा ज्यान गुमाउनेहरूको सम्झनामा सिन्धुपाल्चोकमा स्मृतिपार्क निर्माण गर्ने भनिए पनि गति लिन सकेको छैन । भूकम्प गएको पाँच वर्ष बिते पनि पार्कको कामले गति लिन नसकेको हो ।

भूकम्प स्मृतिपार्क सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-५ दारेगौँडामा निर्माण गर्ने भनिएको थियो । स्मृति उद्यानको तत्कालिन वन तथा भू-संरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङले विसं २०७३ वैशाख २९ गते शिलान्यास गर्नुभएको थियो ।

निर्माण समन्वय र सहजीकरण समिति गठनसमेत भएर निर्माण सुरु भएको भनिएको उद्यान पाँच वर्ष बितिसक्दा समेत योजनामै थन्किएको हो । ४९ करोड ९३ लाख १६ हजार ५२४ को लागत अनुमान र उद्यानको डीपीआर समेत सम्पन्न गरी पुनःनिर्माण प्राधिकरणबाट एक करोड स्वीकृत भएर घेराबार लगाइएको थियो ।

भगवती सामुदायिक वनको ४१ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुनेछ । पार्कको डिजाइनको लागि मात्रै ३५ लाख रुपैयाँ खर्च भएको छ । ए नट आर्किटेकलाई भूकम्प स्मृतिपार्कको डीपीआर जिम्मा दिइएको थियो ।

शिलान्यास भएको एक वर्षपछि भूकम्प स्मृतिपार्ककोे निर्माण कार्यको थालनी भएको हो । पार्कमा भूकम्प स्मृति भ्यू टावर, सूचना केन्द्र, रेस्टुरेन्ट, शौचालय लगायतको भौतिक सुविधा हुनेछ ।

नेपालमा गएका सबै भूकम्पको सूचना त्यहाँबाट लिन सक्ने व्यवस्था गरिनेछ । पार्कमा भूकम्पमा परि ज्यान गुमाएका १४ जिल्लाका सबैको नाम लेखिनेछ । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति व्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम तत्काल अघि बढाउन पहल गर्ने बताउनुभएको छ ।

भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरण समितिका सदस्यसचिव सन्तोषकुमार निरौलाले गएको साउन २७ मा वन क्षेत्रको जग्गा सिफारिस समितिको सिफारिस सहित पेश गर्न निर्देशन दिएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,