Connect with us
Kapilvast Forest

आफन्त नेपाल कपिलवस्तु द्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

अजय मिश्र, कपिलवस्तु-कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरम नयाँ जिम्वेवारी समल्न आउनु भएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई आफन्त नेपाल कपिलवस्तुले सम्मान सहित स्वागत गरेको छ ।

प्रहरी निरिक्षक पौडेल लाई कृष्णनगरमा हार्दिक स्वागत गर्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै हरेक क्षेत्रमा योगदान प्रशंसनीय कार्य गर्न लायन्स क्लबका सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश चन्द्र गुप्तले आफ्नो भाव व्यक्त गर्नु भयो ।

कृष्णनगर नगरपालिका वडा नं २ का अध्यक्ष संजय कुमार गुप्ताले स्वागत गर्दै आफूहरू ले गर्न सक्ने सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

आफन्त नेपाल कपिलवस्तु संयोजक केशर विश्वकर्मा ले प्रहरी निरिक्षक पौडेललाई स्वागत गरि आफ्नो संस्थाको बरेमा प्रकाश पार्दै मानव वेचविखन तथा लैङगिक हिंसा विरुद्ध एकजुट भैइ अगाडी बढने आसा ब्याक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर मताहतक्षेत्रमा आफूले नियम कानुनको परिधिमा रहि काम गर्ने र आफ्नो मताहत क्षेत्रका सबै सगँ सहकार्य गरि समाजमा शान्ति, सुरक्षा प्रदान गरि आफ्नो संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा आफन्त नेपाल कपिलवस्तुका संयोजक केशर विश्वकर्माले स्वागत गर्दै सम्मान पत्र दिनु भएको थियो साथै शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थीले सम्मान गर्दै आफ्नो संस्थाको तर्फबाट स्वागत गर्नुभयो । स्वागत कार्यक्रममा प्रहलाद पाण्डेय, प्रहरी नायब निरिक्षक रेशम जि।सि।,पंकज गुप्ता, वसन्ती,रवि शाह लगायतको उपस्थित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,