Connect with us
Kapilvast Forest

रुपन्देही र बाँकेमा डुबेर तीन जनाको ज्यान गयो

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

रुपन्देही र बाँकेमा डुबेर तीनको मृत्यु

रुपन्देही- रुपन्देही र बाँकेमा पानीमा डुबेर तीनजनाको ज्यान गएको छ ।

रुपन्देहीमा खोलामा पौडिखेल्न गएका युवा बेपत्ता भइ खोजीगर्दा मृत फेला परेका हुन भने बाँकेमा पोखरीमा पौडिखेल्दा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।रुपन्देहीको रोहिणी खोलामा नुहाउनेक्रममा बिहीबारदेखि बेपत्ता भएका एक युवक आज मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तिलोत्तमा नगरपालिका वडा न १२ जुटपानी स्थित रोहिणी खोलामा बिहीबार साथीसँगै नुुहाउन गएका १७ बर्षीय राजन पश्चिममा थारु खोलामा डुवेर बेपत्ता भएका थिए । बेपत्ता थारुको प्रहरी र स्थानीयले खोजि गर्नेक्रममा आज बिहान मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका ६ फत्तेपुरस्थित तालमा पौडी खेल्ने क्रममा नेपालगञ्जका दुई किशोरको शुक्रबार मृत्यु भएको छ ।

छ जना साथीहरुको समूह बनाएर फत्तेपुर पुगेका उनीहरु झरना हेरिसकेपछि नजिकको तालमा पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई उद्धार गरेर उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका ९ बाँकेगाउँका १६ वर्षीय शिवशंकर शुक्ला र १४ वर्षीय बिनोद बर्मा रहेका छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,