Connect with us
Kapilvast Forest

मसालद्वारा प्रदेश ५ को नाममा स्वागत ,राजधानी तोक्ने प्रक्रियामा विरोध

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी(मसाल) ले प्रदेश ५ को नाम लुम्बिनी राख्न गरिएको प्रस्तावको स्वागत गरेको छ। महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य प्रकाशित गरी लुम्बिनी प्रति स्वागत गर्नु भएको हो ।

तर, प्रदेशको स्थायी राजधानी तोक्ने प्रक्रियाको भने सिंहले विरोध जनउनु भएको छ । मसालले विगतदेखि नै प्रदेशको राजधानी तोक्नको लागि एउटा अधिकार सम्पन्न आयोगको गठन गर्न माग गर्दै आएको थियो।

वक्तव्यमा भनिएको छ, ‘हामीले शुरुदेखि नै यो कुरामा जोड दिँदै आएका छौँ कि, प्रदेशको राजधानी तोक्नको लागि एउटा अधिकार सम्पन्न आयोगको गठन हुनुपर्दछ र त्यसको सिफारिस अनुसार नै राजधानीको स्थान तोकिनु पर्दछ। हामीले ५ नं। प्रदेश बारे मात्रै होइन, सबै प्रदेशका राजधानीबारे त्यही प्रकारको प्रक्रिया अपनाउनुपर्ने आवश्यकतामा जोड दिदैँ आएका छौं।’

प्रदेश वा प्रदेश सभाले राजधानीको स्थान तोक्दा अनावश्यक रुपमा विवाद पैदा हुन्छ र स्थिति तनावपूर्ण बन्न जान्छ। त्यस्तो हुन नदिन हामीले अधिकार सम्पन्न आयोगको गठन गरेर त्यसबारे निर्णय गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएका छौँ र अहिले पनि त्यही कुरामा जोड दिन्छौँ।’

संघीयता र प्रदेश संरचना खारेजीमा जोड दिएको मसालले सुरुदेखि नै सातवटा प्रशासनिक प्रदेश निर्माणमा जोड दिएको थियो। पहाड र तराई जोडिने गरी कोशी, सगरमाथा, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र महाकाली प्रदेश नामाकरण गर्न तथा तिनको मुकामका लागि अधिकार सम्पन्न आयोग बनाउन मसालले माग गर्दै आएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,