Connect with us
Kapilvast Forest

आइपीएलमा चेन्नईलाई ७ रनले हराउँदै हैदराबादको दोस्रो जित

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

haidarawad
प्रतिनिधिमुलक तस्विर

एजेन्सी- चेन्नई सुपर किग्सलाई ७ रनले हराउँदै सनराइजर्स हैदराबादले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

 

चेन्नईका लागि रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीले जित्न सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रनमा आउट हुनु भयो । साम करन १५ रनमा अविजित रहनु भयो ।

हैदराबादका टी नटराजनले २ विकेट लिनु भयो । भुवनेश्वर कुमार र अब्दुल समदले १/१ विकेट लिए ।जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ । चेन्नई भने तीन हार र एक जितसहित २ अंकका साथ तालिकाको पुछारमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,