Connect with us
Kapilvast Forest

प्रदेश ५ को राजधानीको विषयमा दाङमा खुसियाली, बुटवलमा विरोध

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

Pradesh-5.jpg

बुटवल-प्रदेश नम्बर ५ को पायक पर्ने स्थान राप्ती गाउँपालिकाको भालुबाङ क्षेत्रमा राजधानी प्रस्ताव गरिएको भन्दै दाङमा स्वागत गरिएको छ  भने यो निर्णयसँगै बुटबल क्षेत्रमा भने विरोध सुरु भएको छ ।

विकास निर्माणमा पछि परेको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिका क्षेत्रमा प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेश सभामा प्रस्तावको रुपमा प्रस्तुत गरेपछि स्थानीय स्तरमा खुसियाली छाएको हो ।

प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी सदरमुकाम दाङ देउखुरीको भालुवाङ क्षेत्रमा राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्दै त्यससम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजाने निर्णय गरेको हो ।दाङ, प्यूठान, अर्घाखाँची, कपिलवस्तुको संगम स्थललाई राजधानीको रुपमा प्रस्ताव भएको छ ।

भालुवाङ्ग नजिक रहेको अर्घाखाँचीको शीतगंगा नगरपालिका–८ मा सातमारा गाउँ छ । यो गाउँ जिल्ला र नगरपालिकाबाट धेरै टाढा छ । नागरिकता बनाउन समेत दुई दिन लाग्ने यहाँका स्थानीय बासिन्दा प्रदेशको राजधानी बन्ने खबरले खुसी भएका छन्

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्ने निर्णय गर्दै त्यससम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरिएको जानकारी दिनु भयो । त्यस्तै, प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको मन्त्री केसीले बताउनु भयो ।

नेकपाको उच्च नेतृत्व तहमा नै छलफल भई प्रदेश ५ को सदरमुकाम दाङमा राख्ने र नामकरण लुम्बिनी गर्ने सहमति भएकाले अब प्रदेशसभाले पनि सोहीअनुसार निर्णय गर्ने जनाइएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो निर्णय गराउन उच्च तहको नेतृत्वलाई सहमत गराएउनु भएको थियो ।

दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएलगत्तै मुख्यमन्त्री पोखरेलको गृहजिल्ला दाङमा निकै खुसियाली छाएको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने सहमति गरेपछि बहस छेडिएको हो ।

प्रदेश पाँच कांग्रेसले चर्को विरोध जनाएको छ । उता यो निर्णयसँगै बुटबल क्षेत्रमा भने विरोध सुरु भएको छ ।जनअपेक्षाअनुसार दाङ राजधानी बन्ने लगभग पक्कापक्की भएपछि दाङवासीहरू उत्साहित भएका हुन् । दाङका लागि खुसी भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,