Connect with us
Kapilvast Forest

नेकपा सचिवालय बैठक ४ बजे बस्दै ,मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

nekapa

काठमाडौं -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार (आज) बस्ने भएको छ ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) का अनुसार सचिवालय बैठक दिउसो ४ बजेका लागि बोलाइएको छ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रिया लगायतका विषयमा छलफल हुनेछ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन ।

उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउने, नगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन । सर्वोच्चले संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि शुक्रबारका लागि पेसी तोकेको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,