Connect with us
Kapilvast Forest

कपिलवस्तुका १५ सय बालबालिकालाई पोषिलो आहार

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

– कपिलवस्तु-
कपिलवस्तुको विजयनगर गाउँपालिकाका १५ सय बालबालिकाका लागी पोषणयुक्त आहार वितरण गरिएको छ । लामो समय सम्मको लकडाउनका कारण प्रभावित बनेका अभिभावकका बालबालिकाहरुको पोषिलो अहारका लागि सामाग्री वितरण गरिएको हो ।

बलियो नेपाल न्यूट्रिसियनको कार्यक्रम अन्तर्गत कालिका स्वाबलम्बन सामाजिक केन्द्रले २ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुका लागि पोषिलो आहार वितरण गरिएको कालिका स्वाबलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापाले जानकारी दिनु भयो । लकडाउनका कारण अभिभावकहरुको रोजगारी गुमेको अवस्थामा बालबालिकाको पोषणमा परेको प्रभावलाई कम गर्न संस्थाले पोषिलो आहार सर्बोत्तम पिठो, साबुन माक्स लगायतका सामाग्री वितरण गरेको निर्देशक थापाले बताउनु भयो ।

कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहयोगमा गाउँपालिकाका १५ सय बालबालिकाका अभिभावकहरुलाई बालबालिकाहरुका लागि पोषिलो आहार वितरण भएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । कालिका संस्थाले विगत देखि नै विजयनगर गाउँपालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै आइरहेको समेत अध्यक्ष थापाले बताउनु भयो । “अहिले कोरोना महामारीको प्रभावमा परेको अवस्थामा बालबालिकाको समग्र विकासका लागी पोषिलो आहार वितरण गरी उत्कृष्ट कार्य गरेको छ” अध्यक्ष थापाले भन्नु भयो ।

कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रले नवलपरासीको सुस्ता, प्रतापपुर र पालिनन्दन गाउँपालिकामा पनि बालबालिकाहरुका लागि पोषिलो आहार वितरण गरेको निर्देशक थापाले जानकारी दिनु भयो । बर्दियाको मधुवन नगरपालिकामा पनि पोषिलो आहार वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनु भयो । विजयनगर गाउँपालिकामा करिब २ महिनाको लागि पुग्ने सर्बोत्तम पिठो, माक्स र साबुन गाउँपालिका अध्यक्ष ,विभिन्न वडाका वडा अध्यक्षहरु मार्फत वितरण गरिएको उहाँले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,