Connect with us
Kapilvast Forest

राजधानी भालुवाङ र नाम लुम्बिनी राख्न प्रदेश ५ नेकपा संसदीय दलको बैठक

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा बनाउन प्रदेश सभामा दर्ता भएको प्रस्तावबारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक चलिरहेको छ ।

बिहानदेखि शुरु भएको बैठक जारी रहेको नेकपाका प्रदेश प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिनुभयो ।

बैठक संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बसिरहेको छ ।

शुक्रबार प्रदेश मन्त्री परिसद बैठकले स्थायी राजधानी भालुवाङ केन्द्रित देउखुरी क्षेत्रमा बनाउने निर्णय गरेको थियो । संसदीय दलको बैठक उक्त निर्णयमा सहमति जुटाउन केन्द्रित रहेको छ ।

प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१, बिपक्षी नेपाली कांग्रेसका १९,मधेस केन्द्रित दलका ६,राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासदहरु रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,