Connect with us
Kapilvast Forest

विराटको उत्कृष्ट ब्याटिङ, बैंगलोरले राजस्थानलाई ८ विकेटले हरायो

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

birat_kohali

एजेन्सी – युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ

शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले तेस्रो पटक जित हासिल गरेको हो ।राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९ ओभरमा १ बलमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।

बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२ रन बनाएका थिए। उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।यस्तै देभदुत पड्डीकलले ६२ रन,एबी डी भिलियर्स १२ रन र आरोन फिन्च ८ रन बनाएका थिए ।

राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले १र१ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।राजस्थानका लागि महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए भने जोस बट्लरले २२ रन बनाए । कप्तान स्टिभ स्मिथ मात्र ५ रन बनाउन सके ।

रोबिन उथप्पा १७ रन,रियान परागले १६ रन र राहुल टेवाटियाले अविजित २४ रन बनाए भने जोफ्रा आर्चरले अविजित १६ रन बनाएका थिए । बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । इसुरु उडानाले २ तथा नाभदिप सैनीले १ विकेट लिएका थिए ।

जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ ।राजस्थानको यो दोसो हार हो । छैटौं स्थानको राजस्थानले ४ खेलमा ४ अंक जोडेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,