Connect with us
Kapilvast Forest

लमजुङमा बस दुर्घटना, एकको मृत्यु, चार घाइते

२०७७, १८ आश्विन आईतवारमा प्रकाशित

बस दुर्घटनामा एकको मृत्यु, चार घाइते,दुई गम्भीर

लमजुङ – लमजुङको बेंसीसहर नगरपालिका-१ उदीपुर बजार नजिकै डुडाँमुख घुम्तीमा यात्रुबाहक मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बेंसीसहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीका लागि छुटेको ग १ ख ६५०१ नम्बरको मिनीबस बेलुका पौने ८ बजेतिर दुर्घटना हुँदा बेंसीसहर नगरपालिका १ धिमिरेगाउँका अर्जुन परिवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अन्य चारजना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर छ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दुईजनाको उपचार हुन नसकि चितवन रिफर गरिएको छ । सहचालकको अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरी अनुसार उक्त बस सडकबाट करिव १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

बसले घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । बस तिब्र गतिमा चलाएको पनि हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,