Connect with us
Kapilvast Forest

बुटवलमा निषेधाज्ञा तोड्दै बिहानैदेखि प्रदर्शन

२०७७, १८ आश्विन आईतवारमा प्रकाशित

butwa-aandolan.jpg

बुटवल-प्रदेश ५ को रााजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलमा तनाव भएको छ । स्थानीय प्रशासनले गरेको निषेधाज्ञा तोड्दै आइतबार बिहानैदेखि बुटवलमा प्रदर्शन भएको हो ।

कोरोना महामारीको समयमा राजधानीको नाममा बुटवलमा तनाव भएपछि जिल्ला प्रशासन रुपन्देहीले निषेधाज्ञा घोषणा गरेको छ । निषेधाज्ञा तोड्दै रुपन्देहीका उद्योगी व्यवसायी र संघसंस्थाले आइतबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘प्रदेश राजधानी बुटवलमा कायम गर’, ‘जनताको मत कदर गर’ भन्दै प्रदर्शन गरेका छन् । व्यवसायीले लुम्बिनी क्षेत्रका सांसदविरुद्ध चर्को नाराबाजीसमेत गरेका हुन् ।

आन्दोलनमा सहभागीले मुख्यमन्त्री शंकर पोखरेलले आन्दोलनसँग डराएर निषेधाज्ञा गरेको भन्दै भन्दै चर्को आलोचना गरेका छन् । राजधानी बुटवल कायम नभएसम्म आन्दोलन नसकिने उनीहरुको भनाइ छ । नेपाली कांग्रेस र रुपन्देही ६० भन्दा बढी संघसंस्था आबद्ध सञ्जाल रुपन्देहीले बुटवललाई नै राजधानी बनाउनुपर्ने भन्दै विहानैदेखि प्रदर्शन गरेका छन् ।

बुटवलको राजमार्ग चौराहादेखि शुरू भएको सञ्जालको प्रदर्शन ट्रार्फिकचोकसम्म पुगेको थियो । सो अवसरमा बोल्दै होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसीले रुपन्देहीबाट राजधानी सार्न कुनै हालतमा दिन नहुने बताए । नेताको लहडमा राजधानी सार्न खोजेको भन्दै आफूहरुले आन्दोलनलाई चर्काउने बताएका छन ।

आन्दोलनको अगुवाइ बुटवल उद्योग वाणिज्य संघ, होटल व्यवसायी, उद्योग संघलगायतले गरेका छन् । आन्दोलनमा सहभागीले लुम्बिनी बन्दको घोषणा गर्दै सांसदलाई त्यहाँ प्रवेश नै नदिने बताएका छन् । राजधानी सार्ने प्रस्तावको विरोध गर्दै रुपन्देही कांग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ ।निषेधाज्ञा तोड्दै प्रदर्शन सुरु भएपछि बुटवल क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,