Connect with us
Kapilvast Forest

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

२०७७, १८ आश्विन आईतवारमा प्रकाशित

congress\

काठमाडौं- नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।

यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिनु भएको थियो । त्यसमध्ये केही नेताहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो ।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतमा कोरोना देखिएको हो ।

कांग्रेसले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो। अब केन्द्रीय समिति बैठक पनि अन्यौलमा परेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,