Connect with us
Kapilvast Forest

नेकपा सचिवालय बैठक स्थगित

२०७७, १८ आश्विन आईतवारमा प्रकाशित

nekapa

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको आइतबार बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना र बालुवाटारमा खटिएका अन्य सुरक्षाकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले भेटघाट बन्द गर्नुभएको छ । प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित भएको हो ।

राजदूतसहित विभिन्न निकायमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा नियुक्ति गरेकोमा प्रचण्ड र माधव नेपाल पक्षले असन्तुष्टि जनाएका छन् । विभिन्न निकायमा भएका नियुक्ति र मन्त्रीहरु हेरफेरको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।

शनिबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो । अर्काे बैठक कहिले बस्ने भन्नेबारेमा यकिन भइसकेकाे छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,