Connect with us
Kapilvast Forest

डाक्टर केसीले राख्नुभएका मागहरु जायज छन्:कांग्रेस प्रवक्ता शर्मा

२०७७, १८ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं -नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै ऐक्यबद्धता जनाएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा। केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति निकालिसकेको बताउनुभयो । यद्यपि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी ऐक्यबद्धता जनाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तर कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सोमबार बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक बस्नेरनबस्ने सम्बन्धमा आइतबार नै पार्टीले निर्णय गर्ने पनि उहाँले बताउनुभयो ।

कार्यसमिति बस्नुअघि आइतबारका लागि बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उहाँले बताउनुभयो । केन्द्रीय कार्यसमिति बैठक बस्नेरनबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने उहाँले जानकारी दिनुभयो ।

डा। गोविन्द केसीले विगतदेखि नै जायज माग राख्दै आउनुभएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पूरा हुने पनि उहाँले बताउनुभयो । पछिल्लो समय पीसीआर परीक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राख्नुभएकाले सरकारले तत्काल वार्ता गरी सुनुवाइ गर्नुपर्ने उहाँको भनाइ छ ।

संसद्को विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताउनुभयो । यद्यपि जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद् अधिवेशन चलाउनुपर्ने उहाँले बताउनुभयो ।

विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थालगायतका विषयमा सरकारले संसद् अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देशन गर्नुपर्ने पनि उहाँले बताउनुभयो । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्ने पनि प्रवक्ता शर्माले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,