Connect with us
Kapilvast Forest

भीमफेदीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०७७, १८ आश्विन आईतवारमा प्रकाशित

accident

मकवानपुर – मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।हेटौँडा–भीमफेदी–काठमाण्डौ छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ काे सिमखोलामा ना १ ज ४१०६ नम्बरकाे जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले बताउनुभयो ।

प्रहरीका अनुसार ज्यान गुमाउने दुवै जना पुरुष हुन् । दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार दिउँसो साढे १२ बजेको समयमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रानाले जानकारी दिनुभएको छ ।

हेटौँडाबाट काठमाण्डाै जाँदै गरेको जीप उकालोमा टर्निङ नपुगेर ब्याक गर्ने क्रममा सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,