Connect with us
Kapilvast Forest

बितेको २४ घण्टामा २ हजार २५३ संक्रमित, ७ जनाको मृत्यु , १ हजार ३२९ कोरोना संक्रमित डिस्चार्ज

२०७७, १८ आश्विन आईतवारमा प्रकाशित

corona ncn

काठमाडौँ– नेपालमा बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

त्यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आज ७ जना मृतक थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

मन्त्रालयका अनुसार एकैदिन १ हजार ३२९ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेको छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् । ४ हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जनाको मृत्यु भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२९ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,