Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगरमा पाँच एम्बुलेन्स आउने

२०७७, १८ आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिकामा एकै पटक पाँच एम्बुलेन्स भित्रिने भएको छ । कोरोना भाइरस तथा कोभिड १९ को संक्रमणको समयमा कृष्णनगर नगरपालिकाभित्र एकैपटक पाँच  एम्बुलेन्स भित्रिने भएको छ ।
भारतिय दुताबासले विश्व शान्ति दिवस तथा गान्धी जयन्तीको उपलक्ष्यमा ३ वटा एम्बुलेन्स कृष्णनगरमा आउने कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले बताउनु भयो ।  भारतीय दुताबासले बहादुरगंजको शिवराज अस्पताल , स्व.अजय प्रताप शाह सरोजनी शाह मेमोरियल ट्रष्ट तथा मर्कस इस्लाम तालिम वातर्वियत लोक कल्याण संस्थालाई एक, एक दिएको छ । दुतावासबाट स्वीकृत भई कागजपत्र तयार भएपछि केही दिनमै एम्बुलेन्स नगरमा आउने नगर प्रमुख शाहले बताउनु भयो ।

कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले आफ्नो संसदीय बजेटबाट कृष्णनगरका लागि २ वटा एम्बुलेन्सको रकम २५ लाख विनियोजन गरी खरीद प्रक्रिया आगाडी बढेको छ । राजदुतवासबाट ३ र सांसद शाहद्धारा २ गरी ५ वटा एम्बुलेन्स भित्रिने भएका छन ।
सांसद शाहले कुल चार स्थानिय तह कृष्णनगर, शिवराज , विजयनगर र महराजगंजमा एम्बुलेन्सका लागि बजेट विनियोजन गरिएको बताउनुभयो ।

कोविड १९ को संक्रमणका समय संक्रमितलाई चेकजाँच तथा आइसोलेसनसम्म पुर्याउन कृष्णनगरमय निकै समस्या थियो ।
एम्बुलेन्स आउने भएपछि कृष्णनगरबाी खुशी भएका छन । कृष्णनगर नगरपालिका वडा नं ७ का दिपक यादव भन्छन “एम्बुलेन्स नहुदा हामीलाई धेरै समस्या हुदै आएको थियो अब एम्बुलेन्स आएपछी सहजरुपले सेवा पाउछौ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,