Connect with us
Kapilvast Forest

मुख्यमन्त्री पोख्रेल सवार गाडी तोडफोड गरेको आरोपमा कांग्रेस कार्यकर्ता पक्राउ

२०७७, १८ आश्विन आईतवारमा प्रकाशित

बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले करिब १२  जनालाई नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौंबाट फर्किरहेको मुख्यमन्त्री पोख्रेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा कांग्रेसकार्यकर्ता पक्राउ पक्राउ परेकोजिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिनु भयो ।

नियन्त्रणमा लिएकाहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको रकांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेशसभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्कीइ पक्राउ परेको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्रीलाई लक्षित गरेर ढुंगा प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सचिव खाँणले भने सिद्दार्थ कटेजमा बसेर आन्दोलनको समिक्षा गरिरहेका बेला नेता कार्यकर्तालाई पक्राउ गरिएको अरोप लगाएका छन् ।

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार गर्न थालिएपछि प्रहरीले हवाई फाईर समेत गरेको थियो । प्रदेश ५ को राजधानी दाङ प्रस्ताव गरेको विराधमा नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको छ । सोही कार्यक्रमअनुसार आइतबार सो पार्टीले रुपन्देही बन्द समेत गरेको थियो ।

आइतबार साँझ नम्बर ५ प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको हो । काठमाडौंबाट बुटवल आउदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको जनाएको छ । अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मुख्यमन्त्री पोखरेललाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा देखाएका थिए । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेससहित रुपन्देहीका संघसंस्था आन्दोलित छन् ।ढुंगामुढा गर्दा स्कर्टिङसहितको गाडीको सिसा फुटेको छ। ढुंगामुढा प्रहार भएलगत्तै प्रहरीले हवाई फायर समेत गरेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीले ढुंगामुढा गर्ने करिब १२ जनालाई पक्राउ गरेको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,