Connect with us
Kapilvast Forest

राजधानी सार्ने प्रस्तावका विरुद्ध साविक लुम्बिनी अञ्चल बन्द आह्वान

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

butwa-aandolan.jpg
प्रतिनिधिमुलक तस्विर

रुपन्देही – बुटवललाई नै स्थायी राजधानी कायम गर्नु पर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा रहेका यस क्षेत्रका विभिन्न संघ–संस्थाहरुले सोमबार साविक लुम्बिनी अञ्चल बन्दको आह्वान गरेका छन् । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै सोमबार बिहान ९ बजेदेखि लुम्बिनी अञ्चल बन्दको आह्वान गरेका हुन् ।

सञ्जालले सोमबार बुटवलको पुष्पलालपार्कमा भेला भई प्रदेशसभा सचिवालय घेराउ गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिएका छन् । विरोधको कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा वली र मूख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउनुको साथै सडकमा प्रदर्शन गर्ने कार्यक्रमहरु तय गरिएको संयोजक हमालले बताए ।

यसैबीच बुटवलमा स्थायी राजधानीको माग गर्दै सडकमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुटवलका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेशसभा भवन तथा प्रदेशसभा सचिवालय र विभिन्न मन्त्रालयहरुको क्षेत्रहरुमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश नं ५ को प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुनेगरी गत शुक्रबार प्रस्ताव पेश भएलगत्तै बुटवलको सुरक्षा व्यवस्था कडा बनाईएको छ । सरकारले यस क्षेत्रका मुख्य सडक, विभिन्न चोक तथा सरकारी कार्यालय क्षेत्रहरुमा ठूलो संख्यामा सुरक्षा व्यवस्था कडा वनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,