Connect with us
Kapilvast Forest

आइपिएलमा ७ वर्षपछि चेन्नईले हात पार्‍यो १० विकेटको जित

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं-यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबार राति सम्पन्‍न खेलमा चेन्‍नई सुपर किङ्सले जीत हात पारेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले ७ वर्षपछि १० विकेटको जित हात पारेको छ। दुबईमा जारी आइपिएलमा चेन्नइले आइतबार राति किंग्स इलेभेन पञ्जावमाथि १० विकेटको जित दर्ता गरेको हो। पछिल्ला तीन खेलमा हार व्यहोरेको चेन्‍नईले जीतसँगै हारको श्रृंखला पनि तोडन सफल भयो ।

दुबईमा पञ्‍जाबले दिएको १७९ रनको ठुलो लक्ष्य पछ्याएको चेन्‍नईले उक्त लक्ष्य सहज रुपमा भेट्टायो । १७ दशमलव ४ ओभरमा कुनै पनि विकेट नगुमाई चेन्‍नईले लक्ष्य पूरा गर्‍यो । चेन्‍नईका दुई ओपनरले टोलीका लागि हालसम्मकै सर्वाधिक रनको ओपनिङ साझेदारी गरे । शेन वाट्सनले ५३ बलमा ८३ रन बनाउनु भयो भने अर्का ओपनर फाफ डुप्लेसीले ५३ बलमा ८७ रन बनाउनु भयो ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्‍जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको थियो । पञ्‍जाबका लागि कप्तान केएल राहुलले ६३ रन बनाए भने निकोलस पूरनले ३३, मन्दीप सिंहले २७ र मयंक अग्रवालले २६ रन बनाउनु भयो । चेन्‍नईका शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियूष चावलाले १(१ विकेट लिनु भयो ।

जीतसँगै ५ खेलमा ४ अंक बटुलेको पञ्‍जाब अंकतालिकाको छैटौं स्थानमा उक्लन सफल भएको छ भने पराजित पञ्‍जाब २ अंकसहित पुछारमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,