Connect with us
Kapilvast Forest

आईपीएलमा आज दिल्ली र बेङ्ग्लोर खेल्दै

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

benglore.jpg

काठमाडौं-इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेल्ने भएका छन् ।आईपीएलमा आज एक खेल मात्रै हुनेछ । खेल यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजे खेल हुनेछ । यो खेलमा जित निकाल्ने टीम शीर्ष स्थानमा उक्लनेछ । चार खेलमा तीन खेल जितेको मुम्बई इन्डियन्स ६ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ६ अंक भएका दिल्ली र बेङ्ग्लोर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

आज जित्ने टिम ८ अंकका साथ शीर्ष स्थानमा उक्लनेछ । यसअघि राति भएको खेलमा साविक उप-विजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।

जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठाैं स्थानमा छ । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,