Connect with us
Kapilvast Forest

अनुगमन टोली पुगेपछि भागे कालीमाटीका व्यापारी

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

काठमाडौँ-कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिद बिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् ।

काठमाण्डौ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा सोमबार अनुगमन टोली माछा पसलमा पुगेको हो ।

अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् । यसरी भागेकामध्ये अधिकांश पसलका व्यापारी माछाको गुणस्तरमा भन्दा खरिदबिक्री बिल देखाउन नसक्ने भएपछि भागेको अनुगमन टोलीको भनाइ छ ।

अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएको महानगरको पशु सेवा विभागका पशुसेवा अधिकृत डम्मरबहादुर बमले बताउनुभयो ।

यसरी भागेका व्यापारीलाई अनुगमन समितिमार्फत आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा बोलाइएको छ । खरिद बिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ् गरिएको हो भन्ने कुरा थाहा नहुने बताइएको छ । अनुगमनका क्रममा रहनुभएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाका अनुसार खरिदबिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो ।

काठमाण्डौ माछा बजार समितिका अध्यक्ष वीरेन्द्रकुमार यादवले केही समय व्यापारीलाई सुध्रिने समय दिनुहोस् भन्दै आगामी दिनमा कानून नमान्ने व्यापारीलाई कारवाहीका लागि आफैबाट पनि सहयोग गर्ने बताउनुभयो । अनुगमनका क्रममा सप्तरी माछा पसलमा भेटिएको नौ किलो सडेको माछा जफत गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,