Connect with us
Kapilvast Forest

रोगभन्दा भोक ठूलो : गुजारा चलाउनै मुस्किल भएपछि भारत जानेको लर्को

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

  • प्रिन्स मिश्रा

कपिलवस्तु -भारतबाट फर्केका नेपालीहरु भोको पेट पाल्न पुन भारत जानेक्रम बढेको छ।भारतमा कोरोना संख्या बढ्दै गएपनि राज्यले जिवकोपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले तीन हजार नेपाली कामका लागि भारत प्रवेश गरेका छन ।

लामो समय देखिको लकडाउन र कोरोना कहरले गर्दा खाना लाउन मुस्किल भएको भन्दै काम खोज्दै नेपालीहरु भारततिर गएका हुन ।

लकडाउन सुरु भएपछि नेपाल फर्किएकाहरु पनि कोरोना कहरका विचमै पुन भारतमा रोजगारीका लागी गएका प्रहरी नायब निरीक्षक रेशम बहादुर जीसीले बताउनु भयो । कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा बुटवल, अर्घाखाची , प्युठान, पाल्पा, लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगरका नायब निरीक्षक जीसीले बताउनु भयो ।

भारतीय आधार कार्ड भएकालाई स्वदेश फर्किन दिएको बताउँदै उनले नेपाली नागरिकता भएकालाई नेपाल प्रवेश गर्न दिइएको जानकारी दिनु भयो । कामका लागि भारत जाने नेपालीको लर्को लागेको उहाँको भनाई छ ।

उहाँले भारतीय आधार कार्ड भएकालाई मात्र भारत जान दिएको बताए । दैनिक १०० जनाको हाराहारीमा कामका लागि भारत जाने गरेको उहाँको भनाई छ ।

लामो समयदेखि भारतमा बसेर आधार कार्ड बनाएकाहरु पछिल्लो समय भारत जान थालेको प्रहरी नायव निरीक्षक गयन्द्र गिरीले बताउनु भयो ]।

‘साँझ बिहान खान लाउन समेत निकै समस्या हुन थाल्यो, आफ्नो ज्यानको माया भन्दा छोरोछोरीको मायाले पिरोल्न थाल्यो’ , ‘गाउँघरमा केही पनि रोजगारी नपाएपछि जोखिमको प्रवाह नगरी घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता आइलाग्यो एक त्यसैले जान लाग्यौ एक जना रोजगारकै सुलसशलाम जादै गरैका युवाले भन्नु भयो ।

कोरोनाको संक्रमण बढेपछि मरे आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरु भारतमा लकडाउन खुलेपछि कामका लागि भारत जान थालेको उहाँले स्पष्ट पार्नु भयो । ‘नेपालमा काम नपाएर खान लाउन समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुन भारत जान थालेको उहाँ बताउनु भयो ।

उनले औषधि उपचार, औषधि खरिद, अन्तिम संस्कार, विरामी भेटघाट गर्न केहि छुट गरिएको बताउनु भयो । वडा कार्यालयको रिफारिस र परिचय पत्र राखेर केहि समयका लागि नेपाल–भारत आवत जावत गर्न दिइएको छ उहाँले भन्नु भयो ।कोरोना सङ्क्रमण नरोकिएपछि घरखर्च चलाउन समस्या हुन थाल्यो । जेनतेन ऋणले घर चलाएका लावडलाई आर्थिक समस्याले निकै पिरोलेपछि महामारीकै बीच उहाँले फेरि भारतको बाटो तताउनुभयो ।

कृष्णनगर नाकामा कडाई गरिएपछि आधार कार्ड नभएकाहरु कुकुरभुक्वा ,सेमरा नाका भएर जाने गरेका छन् । उक्त नाकामा आधार कार्ड नभए पनि सुरक्षाकर्मीले जान दिएको छ । आधार कार्ड नभएकाहरु बैकल्पिक बाटो बाट भारत प्रवेश गर्न थालेपछि भीडभाड कम हुने गरेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,