Connect with us
Kapilvast Forest

प्रदेश सभाको बैठकमा सहमति जुट्न सकेन कांग्रेस सांसदले माइक ,टेबुल र कुर्सी तोडफोडे

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

वुटवल -प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन्। सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए।

सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो। कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

 

मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले छेकेका थिए। नेकपाले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेसको आरोप छ।सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन्। लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्।

उनीहरूले बोल्ने माइक पनि तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका छन्। अहिले सभामुखले सांसदलाई बोल्न समय दिएका छन्।

सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको पदेश ५ सभा बैठक अझै सुरु हुन सकेको छैन।मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षी कांग्रेस र जनता समाजवादीका दलका नेतासँग छुट्टाछुट्टै छलफल गरेपनि कुनै निष्कर्ष निस्किएको छैन।

कांग्रेसले आफूहरुको अडान कायमै रहेकाले सहमति जुट्न सकेको छैन । मुख्यमन्त्रीले बैठक अवरोध नगर्न आग्रह गरेको र छलफल बिना निष्कर्ष टुंगिएको हो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीपछि बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो।कांग्रेस संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियाले बैठकको सुरुमै धारणा राख्दै सरकारले निरंकुश शैलीमा राजधानी सार्ने प्रस्ताव ल्याएको भन्दै प्रस्ताव फिर्ता गरेर सहमतिको बाटोमा प्रस्ताव ल्याउन आग्रह गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,