Connect with us
Kapilvast Forest

काठमाडौं उपत्यकामा थपिए १हजार ५सय ३१ जना कोरोना संक्रमित

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

kaathmandu

काठमाडौं-पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भएको हो ।

उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ। काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परीक्षणमा २४४० जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५ सय जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ११३३ जना कोरोनामुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,