Connect with us
Kapilvast Forest

प्रदेश ५ को प्रदेश सभा बैठक भोलि दिउँसो १२ बजेसम्मका लागि स्थगित

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

बुटवल-प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नु भएको हो । आजको बैठकमा कांग्रेस सांसदले उभिएर विरोध गरिरहे। यसैबीच कांग्रेस सांसदले स्थायी राजधानी बुटवल नै राख्नुपर्ने माग गर्दै कुर्सी, टेबुल र माइक फुटाए पछि भोलिसम्मको लागि स्थगित गरिएको हो ।

यसैबिच, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले मर्यादापालकलाई प्रदेशसभामा नाराबाजी गर्ने, तोडफोडकै बीच चलिरहेको छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा उभिएका मन्त्री केसीले मर्यादापालकलाई नाराबाजी गर्नेसांसदलाई  निकाल्नआदेश समेत  दिनु भयो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,