Connect with us
Kapilvast Forest

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

death

नवलपुर- हात्तीको आक्रमणबाट एकजना माउतेको ज्यान गएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नम्बर १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो ।

रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा सोमबार लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते हुनुभएका उहाँको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,