Connect with us
Kapilvast Forest

पाँच शिशुलाई जन्म दिएकी आमा र ४ जना शिशुको स्वास्थ्य अवस्था सामान्य, एक शिशुको मृत्यु

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

काठमाडौँ– थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलालले ५ जना शिशुलाई जन्म दिनु भएको हो ।नुवाकोटकी २८ वर्षीया एक महिलाले ५ जना शिशुलाई जन्म दिनु भएको छ ।

अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत ५ जना शिशुको जन्म भएको हो ।डा सुवेदीको टोलीले शल्यक्रियामार्फत जन्माइएको शिशुहरु मध्ये एकजना भने गर्भमै मृत भएको र अन्य ४ जनाको एनआइसीयुमा अब्जरभेसनमा राखिएको डा सुवेदीले बताएउनु भयो । ४ जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा सुवेदीले बताउनु भयो ।

डा सुवेदीका अनुसार ८ महिनाको गर्भ भएकी ती महिलाको सोमबार बिहान ४५ मिनेटमा ५ वटा शिशु शल्यक्रियामार्फत जन्मिएका हुन् ।

४ शिशुहरुको तौल क्रमशस् १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ ।

डा सुवेदीका अनुसार एउटा महिलाले एकैपटक ५ शिशुलाई जन्म दिनु रियर केस हो ।सामान्यतया गर्भधारणका लागि महिलाले अण्डा उत्पादन हुने औषधि सेवन गरेमा वा कृतिम गर्भाधान आइबिएफ गराउँदा धेरै सन्तान जन्मिने सम्भावना हुन्छ । महिलालले अण्डा उत्पादन हुने औषधि सेवन गरी गर्भाधान गरेकाले गर्भमा ५ शिशु रहेको डा सुवेदीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,