Connect with us
Kapilvast Forest

कार दुर्घटनामा अफगानीस्तानका क्रिकेटर नजीब ताराकाईको निधन

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

एजेन्सी -अफगानिस्तानका ओपनर नजीब तारकईको निधन भएको छ। २९ वर्षीय अफगान ब्याट्सम्यान नाजीब गत शुक्रवार एक सडक दुर्घटनामा गम्भीर घाइते भएपछि कोमामा जानु भएको थियो। उहाँको टाउकोमा गहिरो चोट लागेको थियो।

गत शुक्रबार नजीब पूर्वी ननगारहरमा किराना पसलबाट निस्केर सडक पार गर्दै गर्दा एक कारले उहाँलाई ठक्कर दियो र उहाँलाई तत्काल अस्पताल लगिएको थियो। ओपनर नजीबले अफगानिस्तानका लागि एक ओडीआई र १२ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। पहिलो श्रेणी क्रिकेटमा उहाँको प्रदर्शन उत्कृष्ट थियो। पहिलो श्रेणीमा उनले २४ खेलमा २ हजार ३० रन बनाउनु भएको थियो जसमा ६ शतक र १० अर्धशतक पनि समावेश छ। पहिलो श्रेणीमा उहाँको औसत ४७ भन्दा माथि रहेको थियो।

उक्त घटनाप्रति शोक व्यक्त गर्दै अफगानिस्तान क्रिकेट बोर्डले सोशल मिडियामा लेख्यो, “एसीबी र क्रिकेटलाई माया गर्ने देश अफगानिस्तानले उहाँहरूको आक्रामक ओपनर र अति राम्रो मान्छे नजीब तारकईलाई गुमाएको छ। उहाँको एउटा दुर्घटनामा मृत्यु भएको छ। यो घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,