Connect with us
Kapilvast Forest

राजधानी प्रस्ताव पारित भए नेकपानिकट २२ सय ले सामूहिक राजीनामा दिने

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

वुटवल -प्रदेश ५ को स्थायी राजधानी र नामकरण प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि चौतर्फी विवाद सुरु भएको छ । प्रस्ताव पारित भए दुई हजार दुई सय ४९ जना नेकपानिकट उद्योगी, व्यवसायीले पार्टीबाट सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।आज बुटवलमा एक कार्यक्रम गर्दै उनीहरुले बुटवलबाट राजधानी सार्ने प्रस्ताव सभाले पारित गरे सामूहिक राजीनामा दिने घोषणा गरेका हुन् ।

यता प्रस्तावलाई लिएर विपक्षी दल कांग्रेसले सदनमा कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । ‘दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानी’ र ‘शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीका रूपमा प्रदेशको नाम लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताव छलफलका लागि अगाडि बढ्दै गर्दा चौतर्फी विवाद देखिएको हो ।

शुक्रबार प्रस्ताव पेस भएपछि सोमबार बसेको पहिलो बैठकमा संसदीय पद्धति मिचेर प्रस्ताव ल्याइएको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,