Connect with us
Kapilvast Forest

कालोबजारी गर्नेलाई जरिवाना मात्रै हैन कैद सजाय हुन्छ :मन्त्री भट्ट

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

धनगढी-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरुलाई कैद सजाय हुने चेतावनी दिनु भयो । मंगलबार धनगढीमा प्रेस संगठनले आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले पछिल्लो समय कालोबजारी बढ्दै गएको बताउँदै जरिवाना गरेर मात्र कम नभएकाले कैद सजाय नै गर्ने चेतावनी दिनु भएको हो ।

बजार अनुगमन दशैं तिहारमा मात्रै नभएर निरन्तर चलिरहने भन्दै कालोबजारी गर्नेलाई कारहबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो । लकडाउनका कारण अर्थतन्त्र र रोजगारीमा समस्या सिर्जना भएको बताउँदै मन्त्री भट्टले इँटा भट्टीहरुमा अधिकांश भारतीय कामदार रहेकाले त्यहाँ नेपाली कामदारलाई काम दिनुपर्ने बताउनु भयो ।

यस्तै‚ कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, धनगढी अत्तरिया करिडोर स्थापना गर्ने र अर्थतन्त्रले भ्याएसम्म विभिन्न ठाउँमा औद्योगिक क्षेत्रहरु स्थापना गर्दै लैजाने बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,