Connect with us
Kapilvast Forest

कोरोनासँग डराउनुपर्दैन मलाई अहिले २० वर्षअघिको जोस आएको छ:राष्ट्रपति ट्रम्प

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

trump

एजेन्सी-अस्पतालबाट निस्केपछि राष्ट्रपति ट्रम्पले भन्नु भयो – कोरोनासँग कोही पनि डराउनुपर्दैन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनासँग कोही पनि डराउनु नपर्ने बताउनु भएको छ । वल्टर नेसनल सैनिक अस्पतालमा कोरोनाको उपचार गरेपछि ह्वाइटहाउस फर्केलगत्तै सोमबार राति उहाँले यस्तो बताउनु भएको हो ।

अस्पतालमा लगातार तीन दिन बसेपछि उहाँ राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा पुग्नु भएको थियो । ‘म वाल्टर रिड मेडिकल सेन्टरबाट निस्कँदै छु, यसवेला मलाई केही भएको छैन, कोही पनि कोरोनासँग डराउनुपर्ने अवस्था छैन ट्रम्पले भन्नु भयो ,।’

यद्यपि ट्रम्प ह्वाइटहाउस फर्के पनि उहाँको स्वास्थ्यप्रति धेरै हेरविचार गर्नुपर्ने चिकित्सकहरूले भनाइ छ । यसैबीच राष्ट्रपति कार्यालयमा कार्यरत १५ जनालाई कोरोना लागेको समाचार सार्वजनिक भएको छ । यसले पनि जोखिम बढाउन सक्ने चिकित्सकहरूको भनाइ छ ।

ट्रम्पले ह्वाइटहाउस पुगे लगत्तै अव ट्रम्पले आफू चुनावी अभियानमा सक्रिय हुने बताउनु भएको छ ।ट्रम्पले अस्पतालबाट फर्कंदा आफूमा २० वर्षअघिको जस्तै जोस आएको बताउनु भएको छ । ‘मलाई अहिले यस्तो लागेको छ, म २० वर्षअघिको जस्तो भएको छु ।’नेगेटिभ रिपोर्ट नआएको अवस्थामै ट्रम्प ह्वाइटहाउस फर्किएकोबारे प्रश्न राखिएको थियो । ‘अहिले राष्ट्रपतिलाई एन्टिबाइटिक भाइरल डोज दिइएको छ,’

ट्रम्पले भिडियो कन्फ्रेन्समा अमेरिकामा कोरोना हराउने औषधि उत्पादन भएको दाबी गर्नु भएको छ । ‘म फेरि भन्छु, हामी कोरोनालाई पराजित गर्न सक्छौँ, हामीसँग विश्वकै उत्कृष्ट प्रविधि छ, हामीसँग उत्कृष्ट औषधि छ, जसले कोरोना सहजै पराजित हुनेछ ।’ एक नेताको कर्तव्य आफ्ना जनतालाई खुसी दिनु रहेको ट्रम्पले जनाएका छन् । भन्छन्, ‘म तपाईंहरूले चुनेकै नेता हुँ, जस्तोसुकै अवस्थामा पनि म तयार हुनुपर्छ, अगाडि आएरै म आफ्नो काम गर्छु ।’

यसैबीच ट्रम्पले अमेरिकामा छिटै कोरोनाको भ्याक्सिन आउन लागेको दोहो¥याउनु भयो । तर, अमेरिकाको सेन्ट्रल डिजिज कन्ट्रोलले भने अर्को वर्षसम्ममा भ्याक्सिन आउन सक्ने बताएको छ ।ट्रम्पले १५ अक्टोबरमा हुने डिबेटका लागि तयारी सुरु गर्न पनि निर्देशन दिनु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,