Connect with us
Kapilvast Forest

छलफल गरेको भए राजधानी दाङ नै स्वीकार्न सकिन्थ्यो:कांग्रेस नेता कनौडिया

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

 

वुटवल -प्रदेश नम्बर ५ का विपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले विस्तृत छलफल गरेर प्रदेशको राजधानी तोकेको भए दाङ पनि स्वीकार्य हुन सक्ने बताउनु भयो ।
तर सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाले छलफलबिना ‘छापामार शैली’मा प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्बिनी प्रस्ताव दर्ता गरेको उहाँले बताउनु भयो।

‘बहुमतको दम्भमा पेलेर देखाउँछु भनेर सत्तापक्ष लाग्यो। प्रतिपक्षको हैसियत छैन भन्ने देखाउन खोज्नुभयो। हामी १९ जना छौं। प्रतिपक्षको सधैं सम्मान गर्नुपर्छ,’ मंगलबार प्रदेशसभामा बोल्दै उहाँले भन्नु भयो ।

निषेधाज्ञा, आन्दोलन र मानिसहरू पक्राउ परेका बेला छिटो प्रक्रियाबाट राजधानी र नाम तोक्न सरकारले खोजेकोले आफूहरूले विरोध गरेको उहाँले बताउनु भयो ।

संसदमा कुर्सी तोडफोड र सभामुखलाई लक्षित गरी माइक प्रहार हुने घटना सिर्जना हुनुको कारण नै सरकार एकलौटी ढंगले अघि बढ्नु रहेको उहाँको भनाइ छ।

सत्तारूढ नेकपाले आफूसँग बहुमत हुँदाहुँदै पनि राजधानी बारेका विभिन्न प्रस्तावमाथि छलफल गर्न नसकेकाले परिस्थिति सोचेअनुसार अगाडि नबढेको उहाँले बताउनु भयो।राजधानीका विकल्पबारे विस्तृत रूपमा छलफल गरेको भए संसदमा तोडफोड गर्नेजस्ता विरोध पनि नहुने उहाँको भनाइ छ।

१३ जनाको सुझाव समितिले राजधानीबारे तीन विकल्प दिएकोमा त्यो प्रतिवेदन सार्वजनिक नै गरिएन,’ उहाँले , भन्नु भयो ‘दाङमा पनि कांग्रेस छन्। दाङ कांग्रेसको किल्ला नै हो। दाङ नै राजधानी पनि स्वीकार हुन सक्थ्यो तर छलफल किन गरिएन

१३ जनाले राजधानी कहाँ राख्ने भन्नेबारे अध्ययन गरे पनि त्यसबारे कुनै छलफल नगरेकोमा उहाँले असन्तुष्टि जनाउनु भयो ।दाङ, कपिलवस्तु र रूपन्देही राजधानी हुन सक्ने उक्त समितिको निष्कर्ष रहेको उहाँले बताउनु भयो ।‘राजनीतिक संवाद नगर्ने, पेलेर जाने,’ उहाँले भन्नु भयो , ‘अहिलेसम्म जे भयो सबै बिर्सेर नयाँ ढंगले अगाडि बढौं।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,