Connect with us
Kapilvast Forest

महिलालाई बन्धक बनाएर हत्या गर्ने पक्राउ

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं-महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका–१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो । माझीले ०७६ साल जेठ ५ गते काठमाडैं कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरेर फरार भएको महाशाखाका प्रमुख, एसएसपी दीपक थापाले बताउनु भयो ।

विनयले मृतक पम्फालाई आफ्नै कोठामा लिएर वैशाख ३० गतेदेखि बन्धक बनाएकोे अनुसन्धानको क्रममोे खुलेको छ । पछि स्थानीयले खबर गरेपछि जेठ ५ गते सोही कोठाको खाटमा महिलाको शव भेटिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,