Connect with us
Kapilvast Forest

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ घोषणा

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

pardesh-5.jpg

रुपन्देही- प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र कायम भएको छ। प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

प्रदेशसभामा भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो। प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले अस्थायी राजधानी बुटवलको संसद भवनबाट दाङको भालुवाङ दुईतिहाइ बहुमतले स्थायी राजधानी कायम भएको घोषणा गर्नु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदलाई पक्षमा मतदानका लागि ह्वीप जारी गरिएको थियो भने कांग्रेसले पनि विपक्षमा मतदान गर्नका लागि ह्वीप जारी गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,