Connect with us
Kapilvast Forest

तीन महिनापछि खुलेको तातोपानी पुनः बन्द

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं-तीन महिनापछि खुलेको तातोपानी नाका पुन बन्द भएको छ । भन्सार सामग्री लोड–अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले चीनले एकतर्फी रूपमा आयात बन्द गरेको हो ।

नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकोले आयात बन्द गरिएको बताइएको छ ।

१३ असोजमा नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने सर्तमा नाका खुलाउने सहमति भएको थियो ।कोरोना संक्रमण फैलन सक्ने भएकोले दुवैतर्फबाट सजगता अपनाउने विषयमा छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दशैं अघि काठमाडौं पु¥याउने योजनामुताबिक दुवै देशको सहमतिमा नाका खुलेको थियो ।

नजिकिँदो दशैं प्रभावित नहोस् भनेर चिनियाँ अधिकारीसँग आयातको नयाँ मोडालिटीबारे छलफल जारी रहेको सिडिओ ढकालले बताउनुभयो । हालसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,