Connect with us
Kapilvast Forest

शिक्षा मन्त्रालयको टोली अनसनरत डा केसीलाई भेट्नपुग्यो अस्पतालमाा

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

doctor-kc.jpg

काठमाडौं– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द्र केसीलाई भेट्न शिक्षा मन्त्रालयका सचिव सहित ३ जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेको छ ।

२३ दिनअघिदेखि अनसनरत डा केसीलाई भेट्न गोपीनाथ मैनालीसहितको टोली त्रिवि शिक्षण अस्पतालमा पुगेको हो ।अनसनरत डा केसीलाई भेटेर शिक्षा मन्त्रालयको टोलीले डा केसीलाई अनसन तोड्न आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयबाट डा केसीलाई भेट्न गएको टोलीले डा केसीका माग सम्बोधनका लागि सरकारी वार्ता टोली भने गठन नभएको बताएको छ ।डा केसी भने आफ्ना मागप्रति सरकार गम्भिर भएर सरकारी वार्ता टोली गठन गरी माग सम्बोधन नभएसम्म अनसन नतोड्ने अडान राख्नु भयो ।

भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका डा केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसनको २३ औं दिनसम्म आइपुग्दा डा केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको डा केसीको निगरानीमा खटिएका चिकित्सकहरुले बताएका छन् ।डा केसीलाई अहिले अक्सिजन सपोर्टमा राखिएको छ ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,