Connect with us
Kapilvast Forest

भारतमा कुल सङ्क्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

२०७७, २१ आश्विन बुधबारमा प्रकाशित

corona

काठमाडौँ- भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

कुल सङ्क्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कुल सङ्क्रमित मध्ये ५७ लाख ४४ हजार ६९३ जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार ५५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ । भारतमा अहिले पनि नौ लाख सात हजार ८८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,