Connect with us
Kapilvast Forest

भरतपुर नगरपालिकाका पूर्वमेयर पियाको निधन

२०७७, २१ आश्विन बुधबारमा प्रकाशित

भरतपुर -तत्कालीन भरतपुर नगरपालिकाका पूर्वमेयर हिमबहादुर पियाको बुधबार बिहान निधन भएको छ ।भरतपुर महानगरपालिका– २ क्षेत्रपुरनिवासी पियाको ८१ वर्षको उमेरमा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पिया ०४३ सालमा भरतपुर नगर पञ्चायतको प्रधानपञ्च र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापश्चात् दोस्रोपटक २०५४ सालमा भरतपुर नगरपालिकाको मेयरमा विजयीहुनु भएको थियो ।

भरतपुर महानगरले सार्वजनिक सूचना जारी गर्दै पूर्वमेयर पियाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय आज ९बुधबार० एक दिनका लागि बन्द रहने जानकारीसमेत गराइएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,