Connect with us
Kapilvast Forest

शितगंगा क्षेत्रमा ल्याण्डलाईन टेलिफोन बिस्तारको काम अन्तिम चरणमा

२०७७, २१ आश्विन बुधबारमा प्रकाशित

sitaganga.by kEen boy

अर्घाखाँची-शितगंगा नगरपालिकामा लामो प्रयास पछि ल्याण्डलाईन टेलिफोन सेवा बिस्तारको काम धमाधम सञ्चालन भई रहेको छ । बर्षौ देखि ल्याण्डलाईन सेवाको बिस्तारको माग गर्दै स्थानिय सर्वसाधारण तथा नेताहरु बिभिन्न मन्त्रालयहरुमा पटक पटक धाए पनि काम नहुँदा स्थानिय दुखित भएका थिए ।

शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारील् समेत पटक पटक भैरहवा तथा काठमाडौ मन्त्रालय सम्म धाएर अनुरोध र दवाव समेत दिएकोले पनि काम सुरुभएकोमा खुशी ब्यत गर्नु भयो । नेपाल टेलिकम अर्घाखाँचीका प्रमुख गोबिन्द पराजुलीले अब प्राबिधक इक्युमेट उपलब्ध भएका १ महिना भित्र टेलिफोन सुरु हुने बताउनु भयो ।

तार तान्ने काम अन्तिम चरणमा पुगेको छ भने नेटवर्किङ को काम अहिले भइरहेको र सम्पुर्ण काम अन्तिम चरणमा पुगेको पराजुलीले बताउनु भयो । पहिलो चरणमा शितगंगा नगरपालिका ३ कमे रेडियो शितगंगा देखि वडा नम्बर४ को गोर्थुम गाउँ सम्म तार तान्ने काम सम्पन्न भएको छ ।

ल्याण्डलाईन टेलिफोन सहित अब एडियसएल इन्टरनेट को सुबिधा समेत उपलब्ध हुने छ । अब १ महिना भित्रै शितगंगाबासिले ल्याण्डलाईन टेलिफोन प्रयोग गर्न पाउने छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,