Connect with us
Kapilvast Forest

आइपीएलमा कोलकाताको तेस्रो जित

२०७७, २२ आश्विन बिहीबारमा प्रकाशित

कोलकत्ताद्वारा राजस्थान पराजित

एजेन्सी- यूएईमा जारी १३औँ संस्करणको आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ ।अबुधाबीमा बुधबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकाताले तेस्रो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो ।

चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सक्नु भएन ।यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट हुनु भयो । रविन्द्र जडेजा २१ रनमा अविजित रहदा केदार जाधबले अविजित ७ रन बनाउनु भयो ।

कोलकाताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले राहिल त्रिपाठीको ८१ रन मद्दतमा १ सय ६७ रन बनाएको थियो । अन्य ब्याट्सम्यानको खासै ठूलो योगदान रहेन ।

जितसँगै कोलकाता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलमा ६ अंक जोडेको छ । ६ खेलमा ४ अंक जोडेको चेन्नई भने पाँचौ स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,