Connect with us
Kapilvast Forest

टर्कीसँग जर्मनीको बराबरी

२०७७, २२ आश्विन बिहीबारमा प्रकाशित

एजेन्सी -अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले बराबरी खेलेको छ । यूईएफए नेसन्स लिगको तयारी गरिरहेको जर्मनीले बुधबार राति भएको खेलमा टर्कीसँग ३–३ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीका लागि जुलियन ड्रेक्सर, फलोरियन नेहाउस र लुकासले एक–एक गोल गर्नु भयो । त्यस्तै टर्कीका लागि ओजान टुफान, इफ्कान कराक र केनान करामनले एक–एक गोल गर्नु भयो ।

पहिलो हाफको इन्ज्यूरी समायमा जुलियनले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । खेलको ४९ औँ मिनेटमा टुफानले टर्कीका लागि बराबरी गोल   फर्काउनु भयो  । ५८ औँ मिनेटमा जर्मनीका लागि नहाउसले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाउनु भयो ।

६७ औँ मिनेटमा टर्कीका लागि कराकले पुनः टर्कीका लागि बराबरी गोल फर्काउनु भयो । ८१ औँ मिनेटमा लुकासको गोलबाट जर्मनीले खेलमा अग्रता बनाउन सफल भयो ।

खेलको इन्ज्यूरी समयमा करामनले टर्कीका लागि बराबरी गोल फर्काउँदा जर्मनी टर्कीसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । यूईएफए नेसन्स लिगको तेस्रो र चौथो चरणको खेलको तयारी स्वरुप जर्मनीले मैत्रीपूर्ण खेल खेलेको हो ।नेसन्स लिगको समूह डी मा रहेको जर्मनीले ११ तारिखमो युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै १४ तारिखमा स्विजरल्यान्डसँग खेल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,