Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा १४ स्वास्थ्यकर्मीसहित २२ जनामा संक्रमण

२०७७, २२ आश्विन बिहीबारमा प्रकाशित

अर्घाखाँची -अर्घाखाँची जिल्ला अस्पतालका १४ जना स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षण्मा २२ जनामा संक्रमण देखिएको हो ।

जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमकाअनुसार पाँच जना चिकित्सक, ९ जना स्वास्थ्यकर्मी र ८ जना समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डाक्टर जगदिश शर्मा सहितका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची अस्पताल भित्रका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो। स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अस्पतालबाट प्रदान हुने अत्यावश्यक र प्रसुती सेवा बाहेकका सम्पूर्ण सेवा सोमबारदेखि बन्द गरिएको छ।

जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ६२ पुगेको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनु भयो ।

४ दिनअघि राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती अशोककुमार थापा क्षेत्री, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल, अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मा लगायतका व्यक्तिमा कोरोना देखिएपछि होम आइसोलेसनमा रहेकाजनस्वास्थ्य निरीक्षक पौडेललेजानकारी दिनु भयो ।जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ३ जनाको मृत्यु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,