Connect with us
Kapilvast Forest

जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

२०७७, २२ आश्विन बिहीबारमा प्रकाशित

accident

जाजरकोट – जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।हराइरहेका जुनीचाँदे ११ का १८ वर्षका लालबहादुर बुढाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । हिजो जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रका लागि छुटेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका १ औल खोलामा भीरबाट खस्दा जुनीचाँदे गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही ,स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै छेडागाड नगरपालिका वडा नम्बर ५ का कर्णबहादुर शाही, जुनीचाँदे ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिनु भयो ।

जीप चालक गोरख बस्नेत फरार भएकाले स्थानीयले घटनालाई शंकास्पद भएको भन्दै कार्यवाहक अध्यक्ष र प्रमुख जिल्ला अधिकारी नआएसम्म शव उठाउन नदिने बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,