Connect with us
Kapilvast Forest

बीस वर्ष पुगेर विवाह गर्ने दम्पत्तीलाई बीस हजार पुरस्कार

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

बझाङ – जिल्लाकै विकट र सदरमुकामबाट चार दिनको पैदल यात्रामा मात्र पुगिने साइपाल गाउँपालिकाले २० वर्षपछि विवाह गर्ने जोडीलाई २० हजार पुरस्कार दिने निर्णय गरेको छ ।

गाउँपालिकामा सानै उमेरमा विवाह गरिदिने र कतिपय किशोर किशोरीहरूले आफै भागेर बालविवाह गर्ने प्रचलन बढ्न थालेपछि यसलाई रोक्न यस्तो निर्णय गरेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।

विद्यालय जाने उमेर समूहका बालबालिकालाई बालविवाहबाट रोक्ने जिम्मा विद्यालयलाई दिएका कारण आफूहरू बालविवाह रोक्न लागिपरेको र अहिलेसम्म दुई बालिकालाई उद्वार गरी माइती घरमै ल्याउन सफल भएको धुली माविका प्रधानाध्यापक नवराज जोशीले बताउनुभयाे ।

गाउँपालिकाभित्र वा बाहिर २० वर्ष उमेर नपुग्दै कोही कसैले विवाह गरी ल्याएको वा भागेको खण्डमा प्रहरी प्रशासनसँग अनुरोध गरी कारबाही गर्ने गाउँपालिकाको नीति भएकाे अध्यक्ष धामीकाे भनाइ छ ।

गाउँपालिका अध्यक्ष धामीले उमेर नपुग्दै विवाह गर्ने प्रचलनलाई निरुत्साहित गर्न र २० वर्षपछि मात्र विवाह गर्ने चेतना विकास गर्नका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘उमेर नपुग्दै विवाह गर्ने बढ्दो क्रमलाई रोक्न नसकेपछि २० वर्ष नपुगी बिहे गर्नेलाई प्रहरीद्वारा कारबाही गर्ने र २० वर्षपछि मात्र बिहे गर्ने जोडीलाई नगद पुरस्कार दिने निर्णय गरेका हौं।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,