Connect with us
Kapilvast Forest

अमेरिकी राष्ट्रपति ट्रम्प अब छिट्टै चुनावी र्‍यालीमा सहभागी हुने

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

trump

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका डाक्टरले साताको यसै सप्ताहान्तमा ट्रम्प सार्वजनिक कार्यक्रममा फर्किन सक्ने बताएका छन् । उहाँले कोरोना भाइरस ९कोभड(१९०बाट संक्रमित बनेका ट्रम्पको उपचार पूरा भएको उल्लेखसमेत गरेका छन् । डाक्टर सिन कोन्लीले राष्ट्रपतिलाई उपचारको निकै राम्रो असर देखिएको बताएका छन् । साथै अहिले उहाँको अवस्था स्थिर रहेको उहाँको भनाइ छ ।

ट्रम्पले शुक्रबार आफूले अर्को परीक्षण गर्ने र साताको अन्तिममा चुनावी र्‍यालीमा सहभागी हुने बताउनु भएको छ । यसअघि ट्रम्पले जो बाइडनसँग हुने आगामी चुनावी बहसमा सहभागी नहुने बताउनु भएको थियो ।

कोरोना संक्रमित भएको पुष्टि भएसँगै प्रत्यक्षरुपमा नभई भर्चुअल माध्यमबाट चुनावी बहस गर्ने कार्यक्रम तय भएको भए पनि ट्रम्पले आफूले भर्चुअल बहसमा समय खेर फाल्न नचाहेको बताउनु भएको छ ।

बिहीबार फक्सन्युजसँग कुरा गर्दै ट्रम्पले आफ्नो स्वास्थ्यमा अहिले उल्लेख्य सुधार आएको भन्दै शनिबार साँझ हुने चुनावी र्‍यालीमा भाग लिन सक्ने बताउनु भएको थियो । यसैबीच राष्ट्रपतिका विपक्षी उम्मेदवार जो बाइडनले ट्रम्पको सोच प्रत्येक सेकेण्डमा परिवर्तन हुने र ट्रम्पले मतदाताको प्रश्नको सामना गर्न पनि नचाहेको आरोप लगाउनु भएको छ ।

चुनावी बहसको मितिको विषयमा राष्ट्रपतिका दुई उम्मेदवारको बीचमा अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । ट्रम्प चुनावभन्दा पाँच दिनअघि अन्तिम चुनावी बहस हुनुपर्नेमा हुनुहुन्छ भने बाइडन २२ अक्टोबरमा अन्तिम चुनावी बहस सकाउनुपर्ने पक्षमा रहनु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,