Connect with us
Kapilvast Forest

ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण छ: भट्टराई

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा। बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाउनु भएको छ ।

भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाउनु भएको छ । ‘उहाँहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सक्ने भट्टराईले भन्नु भयो ।

भट्टराईले ओलीसँगको संगतले अहिले दाहाल धुरुधुरु रुनुपरेको समेत बताउनु भएको छ । पालुङटार नगरपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ता भेटघाटका क्रममा उहाँले ‘ओलीको संगतले लौ डुबियो, बर्बाद भो भनेर प्रचण्डबिलौना गर्नुहुन्छ भन्नु भयो।’

भट्टराईले दाहालसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा उहाँले बिलौना गरेको बताउनु भयो । भट्टराईले प्रधानमन्त्रीसमेत रहेका ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाउनु भयो ।
यो समाचार आजको नागरिक दैनिकमा नरहरि सापकोटाले लेख्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,